सिलगढी: उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागमा बुधबार २०८औँ भानु जयन्ती समारोह भव्यतापूर्वक पालन गरियो। विभागीय अध्यक्ष प्रो. डा. सञ्जय राईको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रमुख अतिथिका रूपमा विश्वविद्यालयका कार्यवाहक कुलपति प्रो. डा. सुवासचन्द्र रोय, विशिष्ट अतिथिद्वयमा कुल सचिव प्रणव कुमार घोष र कला, वणिज्य अनि कानून सङ्कायका सचिव डा रूपक भट्टचार्य उपस्थित थिए। अन्य अतिथिमा विश्वविद्यालयका विकास अधिकारी डा. पालस पाल, प्रा. अद्वित्व थापा (हिमालय अध्ययन केन्द्र), डा. मनोज विश्वकर्मा (हिन्दी विभाग), डा. लाक्पा तामाङ (भौतिक विज्ञान विभाग) र नेपाली विभागका प्राध्यपकगण प्रो. डा. घनश्याम नेपाल, प्रो. डा. सञ्जय राई, डा. पुष्कर पाजुली, डा. डपछिरिङ लेप्चा र श्रीमती कृष्णमाया मगरको विशेष उपस्थित रहेको थियो। कार्यक्रमको पहिलो चरणमा रवीन्द्र भानु मञ्चस्थित भानुभक्त अनि रवीन्द्रनाथ ठाकुरको सालिगमा नेपाली विभागका अध्यक्ष तथा प्राध्यपकगणका बाहुलीबाट धूप दीप तथा माल्यार्पणद्वारा श्रद्धा अर्पण गरियो। कार्यक्रमको दोस्रो चरण विभागको सङ्गोष्ठी कक्षमा भानुभक्तको तस्बिरमा दीप प्रज्ज्वलन अनि माल्यार्पणपछि शुरु भयो। शिवम् शर्मा र हेमा भट्टराईद्वारा संयुक्त रूपमा सञ्चालित तथा सुनिला गुरुङको स्वागत सम्बोधनबाट थालिएको यस कार्यक्रममा एमफिल तथा पिएचडीका शोधार्थीवर्गले रामायणका श्लोकहरू पाठ गरे। यस अवसरमा भानु जयन्तीको औचित्य तथा भानुभक्तबारे कुल सचिव प्रणव कुमार घोष, कार्यवाहक कुलपति प्रो डा सुवासचन्द्र रोय, विभागीय अध्यक्ष्य प्रो. डा. सञ्जय राई, डा. पुष्कर पाजुली र शोधार्थी सिबेन शर्माले मन्तव्य राखे। कार्यक्रममा स्नातकोत्तर चौथो सत्रका विद्यार्थी मुकेश गिरी अनि अदिती तामाङले कविता वाचन तथा रञ्जना तामाङ अनि सुष्मा राईले नृत्य प्रस्तुत गरे। कार्यक्रममा नेपाली विभागका विद्यार्थी अनि शोधार्थीलगायत सिक्किम विश्वविद्यालय तथा काशी हिन्दू विश्वविद्यालका शोधार्थीहरू पनि उपस्थित थिए।