सिलगढीः पश्चिमबंग गृह शिक्षक कल्याण समितिद्वारा जिल्ला स्कुल निरीक्षकलाई एउटा ज्ञापन पत्र चढाइयो। गृह शिक्षक कल्याण समितिले सिलगढीमा केही सरकारी स्कुलका शिक्षक-शिक्षिकाहरूले निशुल्क रुपमा विद्यार्थीहरूलाई पठाउने भन्दै गैर कानुनी रुपमा रुपियाँ लिएर ट्युशन सेन्टर चलाइरहेको आरोप लगाउँदै उक्त ज्ञापन चढाएका हुन्। प्राप्त जानकारीअनुसार धेरैजसो स्कुलका शिक्षक-शिक्षिकाहरूले कानुन उल्लङ्घन गरेर स्कुलका विद्यार्थीहरूलाई ट्युशन पढाइरहेका छन्। पश्चिमबंग गृह शिक्षक कल्याण समितिको तर्फबाट २०११ देखि हालसम्म ४9वD पल्ट जिल्ला स्कुल निरीक्षकलाई ज्ञापन पत्र चढाइसके तापनि यसबारे कुनै पहल नगरेको बताइएको छ। पश्चिमबंग गृह शिक्षक कल्याण समितिका राज्य सचिव विवेकानन्द साहाले यस विषयमा स्कुल निरीक्षकले चाँडै उचित व्यवस्था लिनुपर्ने माग गरेका छन्।