पण्डित ईश्वर चन्द्र विद्यासागर जयन्तीमा विभिन्न कार्यक्रम आयोजित

IMG-20230528-WA0320-5-300x172-8

सिलगढ़ीः महान शिक्षाविद पण्डित ईश्वर चन्द्र विद्यासागरको २०३औं जयन्तीमा मंगलवार राज्यभरि विभिन्न आयोजनहरूको माध्यमद्वारा उनको सम्झाना गरियो। यस अवसरमा महानगर कोलकाताका विभिन्न शिक्षण संस्थानहरूमा कार्यक्रम आयोजन गरियो भने विभिन्न स्थानमा विद्यासागरका मूर्तिहरूमा माल्यार्पण गरेर उनलाई श्रद्धाञ्जली अर्पित गरियो।

अर्कोतिर, सिलगढीको कलेजपाडास्थित चिल्ड्रेन पार्कमा रंगारंग कार्यक्रम आयोजन गरियो। कार्यक्रमको माध्यमद्वारा पण्डित ईश्वर चन्द्र विद्यासागरको सम्झाना गरियो। बिहान सिलगढी नगरनिगमका मेयर गौतम देव, डिप्टी मेयर रंजन सरकारसहित अन्य नेताहरूले कलेजपाडास्थित चिल्ड्रेन पार्कमा विद्यासागरको मूर्तिमा श्रद्धाञ्जलि अर्पित गरे। यसैगरी, दार्जीलिङ जिल्ला विद्यासागर कमिटीले पनि उनको मूर्तिमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पित गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement