१३ जुलाईः माल बस्ती युथ (गोरुबथान)-को तत्त्वावधानमा आयोजित शहीद कप नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा सत्य ज्योति संघले क्वार्टर फाइनलमा स्थान बनायो। माल बस्ती खेल मैदानमा जारी यस इलेभेन ए साइड टुर्नामेण्टअन्तर्गत बुधवार भएको पूल ए-को म्याचमा सत्य ज्योति संघले स्पोर्टस क्लब गोरुबथानलाई २-१-ले पराजित गऱ्यो। अब बिहीवार खेलिने म्याचमा मानजिंग एफए र न्यू स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा खेलिनेछ। यसरी नै फाइनल म्याच २७ जुलाईमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३९ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट जानकारी दिइएको छ।