सिलगढी: हिमालयन हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कले विश्व पर्यटन दिवस मनाउने भएको छ। मंगलबार आयोजक संस्थाका सदस्यहरूले सिलगढी जर्नलिस्ट क्लबमा मिडियालाई भेटेर यो जानकारी दिए। भोलि सिलगढीको होटल मेफेयरमा कार्यक्रम आयोजना गरिने उनले बताए। भोलि बिहान प्रभातफेरी पनि आयोजना गरिने छ जसमा विद्यालय, कलेजलगायत विभिन्न स्थानका विद्यार्थी र सर्वसाधारणको सहभागिता रहनेछ। यो कार्यक्रम केन्द्रीय पर्यटन विभागले आयोजना गर्नेछ। हरेक वर्ष झै यस वर्ष पनि हिमालयन हस्पिटालिटी एण्ड टुरिजम अवार्ड प्रदान गरिने जानकारी छ, यो अवार्ड पहिलो पटक युएनडब्ल्युटीओले मान्यता दिएको हो।