कालचिनीः कालचिनी प्रगति फार्मर्स प्रोड्यूसर कम्पनीको बार्षिक साधारण सभा मंगलबार दलसिंहपाड़ा गोपालबहादुर बस्तीमा सम्पन्न भयो। सो सभामा कालचिनी ब्लकको सहायक कृषि निर्देशक एडीए प्रबोध मन्डल लगायत आत्मा प्रोजेक्टको चेयरम्यान अधीर राय, प्रोजेक्टको जिल्ला संयोजक अदिति मन्डल, कालचिनी प्रगति फार्मर्स प्रोड्यूसर कम्पनी लिमिटेडका सभापति शंकर खनाल बर्मन स्थानीय पञ्चायत सदस्यद्वय मोतिलाल छेत्री र अमित राई, एडीए कार्यालय अधिकारी हमिदुल इस्लाम, एग्रिकल्चर मार्केटिङ अफिसर अस्रफुल हुडा र रेशम ठटोरी एवम् प्रगति एफपीसीका सदस्यहरुको उपस्थिति रहेको थियो।
बार्षिक सभामा प्रगतिको फार्मर्स प्रोड्यूसर कम्पनी लिमिटेडको क्रियाकलाप र यसले किसानहरूको लागि गर्ने कार्यको समीक्षा गरियो एवम् हार्टिकल्चरमा ध्यान दिएर काम गर्ने प्रगति फार्मर्स प्रोड्यूसर कम्पनीको सभापति शंकर खनाल बर्मनले जनाएका छन्।