कालचिनीः स्वच्छ भारत अभियान ३.० अन्तर्गत मंगलबार एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको दिशानिर्देशमा गत १५ सेप्टेम्बरदेखि शुरु गरिएको स्वच्छता नै सेवा अभियानको क्रममा बटालियनको सबै सीमा क्षेत्रमा धुमधामसित पालन गरिएको जानकारी एसएसबी ५३ वाहिनी सुत्रले दिएका छन्। आगामी २ अक्टोबर गान्धी जयन्तीसम्म यो कार्यक्रम चल्ने एसएसबी सुत्रले जनाएका छन्। यस अन्तर्गत जयगाउँ, नयाँ बस्ती, टोटोपाड़ा, खोक्ला, सुन्तलाबारी, लंकापाड़ा आदि बीओपीको एरियामा सरसफाई गरिएको थियो।
सरसफाई अभियानसितै मानिसहरूलाई जागरूकता पनि गरिएको एसएसबी सुत्रले जनाएका छन्।