९१ वर्ष पुगे पूर्वप्रधानमन्त्री मनमोहन सिंह, जन्मदिनमा धेरै नेताहरूले जनाए शुभकामना

00-1-Manmohan-Singh

नयाँ दिल्ली: आज देशका पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता मनमोहन सिंहको जन्मदिन हो। पूर्वप्रधानमन्त्री मनमोहन सिंहले आज आफ्नो ९१औँ जन्मदिन मनाइरहेका छन्। यस अवसरमा उनलाई देशका धेरै नेताहरुले बधाई सन्देश पठाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस सांसद राहुल गान्धीले उनलाई बधाई दिँदै स्वास्थ्यलाभको कामना गरेका छन्। मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा वर्तमान पाकिस्तानको पञ्जाब प्रान्तको चकवाल जिल्लाको गाह गाउँमा भएको थियो। प्रधानमन्त्री बन्नुअघि मनमोहन सिंहले भारतीय रिजर्भ बैंकको गभर्नरको रूपमा ३ वर्ष (१९८२-१९८५) काम गरेका थिए। सन् १९९१ मा देशमा आर्थिक उदारीकरण ल्याउन उनको विशेष योगदान थियो। मनमोहन सिंह पूर्व प्रधानमन्त्री नरसिंह रावको सरकारमा अर्थमन्त्री थिए। यस अवधिमा उनले देशको अर्थतन्त्रलाई ठूलो उचाइमा पुर्‍याए। उनलाई उत्कृष्ट अर्थशास्त्री पनि मानिन्छ। मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म यूपीए सरकारमा प्रधानमन्त्रीको रूपमा काम गरेका थिए। हाल मनमोहन सिंह राज्यसभा सांसद छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई उनको जन्मदिनको अवसरमा सोशल मिडिया प्लेटफर्म एक्समा शुभकामना दिएका छन्। शुभकामना सन्देशमा प्रधानमन्त्रीले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री ज्युलाई जन्मदिनको शुभकामना, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछुl’ कांग्रेस नेता राहुल गान्धीले पनि मनमोहन सिंहलाई बधाई दिएका छन्। सोसल मिडिया प्लेटफर्म एक्समा राहुलले पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहलाई जन्मदिनको शुभकामना लेखेका छन्। ‘पूर्वप्रधानमन्त्रीको इमानदारी, राष्ट्र निर्माण र जनताको आर्थिक उत्थानप्रतिको प्रतिबद्धता मेरा लागि सधै प्रेरणाको स्रोत रहिरहनेछ। उहाँको सुस्वास्थ्य र खुशीको कामना गर्दछु’, राहुल गान्धीले यसरी शुभकामना जनाएका छन्l  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement