अलिपुरद्वार जिल्लाको विभिन्न घाटहरुमा करम विसर्जन

IMG-20230926-WA0108.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको डिमा, बासरा, मधु एवम् अन्यान्य विभिन्न घाटहरुमा मंगलाबार करम विसर्जन शुरु भएको छ। करम पूजा आदिवासीहरुको प्रमुख चाढ़हरुमध्ये एक हो भने सोमबार साँझदेखि रातभरी नै करम श्रद्धालुहरुले करम गीतमा नाचगान गरेपछि मंगलाबार विभिन्न नदीको घाटमा पुगेर करम विसर्जन गरे। यस अवसरमा मंगलाबार कालचिनी खण्डको डिमा र बासरा नदीको घाटमा आदिवासी रंगारंग सांस्कृतिक कार्यक्रम साथै अर्कोष्ट्रा कार्यक्रममा आदिवासी युवा युवतीहरु झुमेको देखियो।

यसै अवसरमा प्रशासनिक अधिकारी लगायत जनप्रतिनिधि एवम् आदिवासी समाजसेवीहरुलाई सम्बन्धित कमिटीले आदिवासी परम्परा मुताबिक स्वागत गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement