न्यूयर्कमा विदेश मन्त्री जयशंकर र संयुक्त अरब अमीरातका विदेश मन्त्रीको भेट

00-1-Jay-Shanker

न्यूयर्क: भारतका विदेश मन्त्री डा. एस. जयशंकरले यहॉं संयुक्त अरब अमीरातका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद अल नाहयानसॅंग भेट गरेका छन्। दुवैबिच क्षेत्रीय र वैश्विक मुद्दाहरूमाथि चर्चा भयो। विदेश मन्त्री जयशंकरले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा भेटको फोटो अपलोड गरेर लेखेका छन्, ‘भारत द्विपक्षीय सहयोगमा तीव्र प्रगतिको सराहना गर्दछ। यो समयमा क्षेत्रीय र वैश्विक मुद्दाहरूमाथि हामीले आफ्नो-आफ्नो दृष्टिकोण नियमित रूपमा आदान-प्रदान गर्नुपर्ने आवश्यकता छl’ उल्लेखनीय छ, विदेश मन्त्री जयशंकर शुक्रवारदेखि अमेरिकाको नौ दिवसीय यात्रामा छन्। संयुक्त राष्ट्र महासभाको वार्षिक सम्मेलनपछि जयशंकर वाशिङ्गटन डीसी पनि जानेछन्। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *