प्रधानमन्त्रीले ५१ हजार युवाहरूलाई सुम्पिए नियुक्ति पत्र

00-1-PM-Modi-2-1

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार भीडियो कन्फ्रेन्सिंगको माध्यमबाट रोजगार मेलालाई सम्बोधन गरे साथै नवनियुक्त ५१ हजार युवाहरूलाई नियुक्ति पत्र सुम्पिए। देशभरिबाट चुनिएका यी युवाहरूलाई युवा डाक विभाग, भारतीय लेखा परीक्षा तथा लेखा विभाग, परमाणु ऊर्जा विभाग, राजस्व विभाग, उच्च शिक्षा विभाग, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय एवं परिवार कल्याण सहित अन्य विभिन्न मन्त्रालय अनि विभागहरूमा सामेल गराइनेछ। रोजगार मेला देशभरिका ४६ स्थानहरूमा आयोजना गरियो।

यस अवसरमा आफ्नो सम्बोधन राख्दै प्रधानमन्त्रीले नियुक्ति पत्र पाउने युवाहरूलाई बधाई दिए। देशभरिका गणेश उत्सवहरूको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यस शुभ अवसरमा नियुक्ति पाएका युवाहरूको लागि यो नयाँ जीवनको ‘श्री गणेश’ हो। देश ऐतिहासिक उपलब्धिहरूको साक्षी भइरहेको छl’ उनले नारी शक्ति वन्दन अधिनियम जसले आधा जनसंख्यालाई सशक्त बनाएको छ,- लाई उल्लेख गर्दै भने, ‘महिला आरक्षणको मुद्दा जुन पछिल्लो ३० वर्षदेखिको थाँतीमा थियो,-लाई दुवै सदनमा रेकर्ड मतद्वारा पारित गरियो। नयाँ संसदको पहिलो सत्रमै यो फसेला भयो, एक प्रकारले नयाँ संसदमा देशको लागि यो एउटा नयाँ शुरूवात होl’  नयाँ भर्तीमा महिलाहरूको महत्वपूर्ण उपस्थितिलाई स्वीकार गर्दै प्रधानमन्त्रीले भने, देशका छोरीहरूले हरेक क्षेत्रमा सुनाम फैलाइरहेका छन्। ‘मलाई नारीशक्तिको उपलब्धिमाथि ठूलो गर्भ छ र सरकारले पनि उनीहरूको विकासको लागि नयाँ मार्ग खोल्ने नीति बनाएको छ। कुनै पनि क्षेत्रमा महिलाहरूको उपस्थितिले सदैव सकारात्मक परिवर्तन आएको छ’, उनले भने।

नयाँ भारतको बढ़्दो आकांक्षाहरूको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यस नयाँ भारतको सपना उच्च छ। भारतले आगामी वर्ष २०४७ सम्म विकसित भारत बन्ने संकल्प लिएको छ। आगामी केही वर्षभित्रमा भारत देश-दुनियाँको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्नेछ, त्यसबेला सरकारी कर्मचारीहरूले ठूलो योगदान दिनुपर्नेछl’ शासनमा प्रौद्योगिकीको प्रयोग बारे विस्तार पूर्वक बताउँदै प्रधानमन्त्रीले अनलाइन रेलवे आरक्षण, आधार कार्ड, डिजिलकर, ईकेवाईसी, ग्यास बुकिंग, बिल भुक्तान, डीबीटी तथा डिजीयात्राद्वारा दस्तावेजीकरणको जटिलतालाई समाप्त गर्ने उल्लेख गरे। यस दिशामा नयाँ मानिसहरूलाई काम गर्ने आग्रह गर्दै उनले दाबी गरे, ‘प्रौद्योगिकीले भ्रष्टाचारमाथि रोक लगाएको छ, विश्वसनीयतामा सुधार ल्याएको छ, जटिलता कम गरेको छ र आरामलाई बढ़ाएको छl’

प्रधानमन्त्रीले देश र नवनियुक्तहरूको जीवनमा आगामी २५ वर्षको अमृतकालको महत्वलाई पुनः दोहोऱ्याउँदै नवनियुक्तहरूलाई टीम वर्कलाई सर्वोच्च प्राथमिकता दिने आग्रह गरे। उनले भने, ‘जी-२० हाम्रो परम्परा, संकल्प र आतिथ्यको आयोजन भयो। यो सफलता विभिन्न सार्वजनिक एवं निजी विभागहरूको पनि सफलता हो। जी-२० को सफलाताको लागि सबैले एउटा टीमको रूपमा काम गरे। ‘मलाई खुशी छ आजदेखि तपाईहरू पनि सरकारी कर्मचारीहरूको टीम इण्डियाको अंग बन्न गइरहनु भएको छl’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement