२०८औं भानु जयन्ती एवं स्वर्गीय टाँसी छिरिङ लेप्चा स्मृति भलिबल प्रतियाेगिताकाे फाइनल खेल सम्पन्न

IMG_20220713_201002.jpg

नाम्ची: दक्षिण सिक्किमअन्तर्गत सदाम-सुन्तले जीपीयूकाे लाेवर सदाममा आज २०८औं भानु जयन्ती एवं स्वर्गीय टाँसी छिरिङ लेप्चा स्मृति भलिबल प्रतियाेगिताकाे फाइनल खेल सम्पन्न भयो। कार्यक्रमकाे आयाेजना स्थानीय मनाेकामना युथ एसोसिएशनले गरेकाे थियाे। कार्यक्रममा एसकेएम पार्टीकाे मल्ली समष्टिका प्रभारी तिलक बस्नेत मुख्य अतिथि रहेका थिए।

कार्यक्रमकाे मुख्य आकर्षणकाे रूपमा रहेकाे फाइनल खेलमा बुलेट बोइस नाम्चीले मनाेकामना संघलाई पराजित गऱ्यो। त्यसरी नै प्रदर्शनीकाे रूपमा खेलाइएकाे खेलमा मनाेकामना संघले विशिष्ट अतिथि दललाई पराजित गऱ्यो।

कार्यक्रममा सम्बाेधन गर्दै प्रभारी बस्नेतले भानु जयन्तीकाे महत्वबारे प्रकाश पारे। वर्तमान सिक्किम सरकारले खेल र कला-साहित्यमा पराएकाे यागदान विषय उल्लेख गर्दै उनले सरकारका विभिन्न उपलब्धीहरूकाे जानकारी गराए।

कार्यक्रममा रामायण पाठ, कविता वाचन, साँस्कृतिक नृत्य, खुल्ला हाजिरीजवाब प्रतियाेगिता आदि पनि सम्पन्न गरियो। कार्यक्रममा डीसीएसओ दिनेश प्रधान, जिल्ला पञ्चायत सदस्य गंगाप्रसाद प्रधान, बागवानी विभागका उपनिर्देशक प्रकाश छेत्री आदिकाे पनि विशेष उपस्थिति रहेकाे थियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement