कोलकाता: सेप्टेम्बर २५ मा श्रीलंका टुरिजमले ताज सिटी सेन्टर, न्यू टाउन होटल, कोलकातामा रोड शो आयोजना गरेको थियो, जहाँ ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो। पर्यटकीय गन्तव्य र लगानीको सम्भावना सम्बन्धी पत्रकार सम्मेलन पनि आयोजना गरिएको थियो, जहाँ कोभिडपछि श्रीलंका घुम्न आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको र यस वर्ष ठूलो सङ्ख्यामा पर्यटक आउनेमा आशावादी रहेको बताइएको छ। श्रीलंकाको प्राकृतिक सौन्दर्यको आफ्नै पहिचान छ र पर्यटकहरू यहाँ आउन रुचाउने बताइएको छ।
