आर्यन खानले पाउनेछन् आफ्नो पासपोर्ट

Aryan-Khan

मुम्बई: मुम्बईको एक विशेष अदालतले बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको पक्षमा राहत आदेश दिएको छ। विशेष अदालतले आर्यनलाई उनको पासपोर्ट फिर्ता गर्न अदालत रजिस्ट्रीलाई आदेश दिएको छ। अदालतको आदेशअनुसार लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा बरामद भएको आर्यनको पासपोर्ट अब फिर्ता गर्नुपर्ने भएको छ। अदालतको यो आदेश आर्यनका लागि पक्कै पनि राहतको खबर हो। क्रुज ड्रग्स मुद्दाको अनुसन्धानका क्रममा आर्यनले आफ्नो जमानतको शर्तमा अदालतमा पासपोर्ट बुझाएका थिए। उनी गत वर्ष ३ अक्टोबरमा हाई प्रोफाइल लागुऔषध मामलामा पक्रा परेका थिए। तर, अनुसन्धान एजेन्सीले मई महिनामा दायर गरेको आरोपपत्रमा आर्यनको नाम अभियुक्तको रूपमा समावेश गरेको छैन। एनसीबीले आर्यन खानलाई पनि क्लिन चिट दिएको छ। एनसीबीले आर्यन खान र अन्य पाँचजनालाई ‘प्रयाप्त प्रमाणको अभावमा’ रिहा गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement