ब्रेथवेट एण्ड कम्पनी लिमिटेडद्वारा ‘हिन्दी सप्ताह उत्सव–२०२३’ पालन

IMG-20230926-WA0165

कोलकाता: सरकारी नीतिअनुसार सरकारी कामकाजको भाषा हिन्दीलाई प्रवर्द्धन गर्ने र कम्पनीका कर्मचारीहरूमा हिन्दी भाषाको प्रयोगप्रति रुची जगाउने उद्देश्यले ब्रेथवेट एण्ड कम्पनी लिमिटेडमा १४ देखि २१ सेप्टेम्बर २०२३ सम्म ‘हिन्दी सप्ताह उत्सव–२०२३’ मनाइयो। हिन्दी सप्ताह समारोहको समापन सत्र २१ सेप्टेम्बर २०२३ मा कम्पनीको बिङ्घम हलमा आयोजना गरिएको थियो। कार्यक्रममा आनन्द गुप्ता, श्रीमती पुनम सोनछत्रा र श्रीमती रौनक अफरोज विशेष अतिथिको रुपमा उपस्थित थिए। सो अवसरमा संस्थानको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक यतिश कुमार पनि उपस्थित थिए। सरकारी भाषा हिन्दीसँग सम्बन्धित सम्बोधनमा आमन्त्रित वक्ताहरूले हिन्दीको प्रवद्र्धन र प्रचारप्रसारको माध्यमबाट देशको विकास र उत्थानको कुरा गरेका थिए।

सो अवसरमा श्रीमती रौनक अफरोजले आफ्नो मन्तव्य राख्दै ‘हिन्दी हाम्रो देश, हिन्दुस्तान हाम्रो देश’ शीर्षकमा कविता वाचन गरिन्। यसै क्रममा ‘राष्ट्रिय विकास र भारतीय भाषा’ विषयमा सम्बोधन गर्दै श्रीमती पुनम सोनछत्राले भारतको विकासमा हिन्दीका साथै अन्य भाषाको योगदानबारे प्रकाश पार्दै कविता वाचन गरेकी थिइन्। आनन्द गुप्ताले ‘हिन्दीमा अन्य भाषाहरूको प्रभाव’ शीर्षकमा आफ्नो वक्तव्य दिए। उनले भने, ‘यो भाषाको नाममा लड्ने समय होइन, सबै भाषाले एकजुट भएर राष्ट्रको उन्नतिमा योगदान पु¥याउने समय हो।’ कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक यतिश कुमारले भने, ‘यस्ता कार्यक्रमले कर्मचारीमा हिन्दी बोल्ने र सुन्ने जोश बढाउँछ। ब्रेथवेटले सँधै हिन्दीको प्रवद्र्धनका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ र भविष्यमा पनि भाषाको उत्थानका लागि योगदान गर्न प्रतिबद्ध रहेको छl’

त्यसपछि हिन्दी सप्ताहमा आयोजित विभिन्न प्रतियोगिताका विजेता र सहभागीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा सबै संघसंस्थाका पदाधिकारी तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको समापन कार्यकारी निर्देशक (मानव संसाधन, प्रशासन, सुरक्षा) प्रद्युम्न किशोर मिश्रले धन्यवाद ज्ञापन गर्दै गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement