सिलगढ़ी। खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की आउटपोस्टका पुलिसबलले अवैद्य नशालु औषधिसितै एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम चन्दन बर्मन बताईएको छ भने तिनी पानीट्याङ्की हवलदार बस्ती निवासी रहेको पुलिसले बताएका छन्। गोप्य सूचनाको आधारमा पानीट्याङ्की आउटपोस्टका पुलिसबलले पानीट्याङ्की रेलवे फाटक एरियाबाट एउटा वाहनलाई नियन्त्रणमा लिएर जाँच गर्दा उक्त वाहनबाट १३२ ग्राम ब्राउन सुगर बरामद गरेको थियो भने यस सम्बन्धमा पुलिसले चन्दन बर्मनलाई पक्राउ गरेको थियो।

आरोपी युवकलाई मंगलाबार सिलगढ़ी महकुमा अदालतमा पठाएको बताईएको छ भने सम्पूर्ण मामिलाको जाँच शुरु भएको पुलिस सुत्रले जनाएका छन्।