२६ सेप्टेम्बरः खोकला युनाइटेड स्पोर्ट्स एसोसिएशन, जयगाउँको आयोजनमा गोर्खा कप २०२३ नक्आउट फूटबल टुर्नामेण्ट सोमवारदेखि शुरु भयो। गोबर ज्योति खेल मैदान, बिबारे बजार (खोकला बस्ती)-मा भएको टुर्नामेण्टको उद्घाटन म्याचमा सिक्किमको सिंगलिंग स्पोर्टिंग क्लबले राजगञ्ज वेलफेयर अर्गनाइजेशनको टीमलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका गोलकीपर फिञ्चो शेर्पालाई प्लेयर अव् द म्याच चयन गरियो।

अब मंगलवार खेलिने म्याचमा रेड बूल एफसी (खैरडांगा) र मिक्स्ड अप् बोइज, खरसाङबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अक्टोबरमा हुनेछ। यसरी फाइनल १५ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।