वरदान सम्मान समूह दार्जीलिङको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न

IMG-20230926-WA0079

दार्जीलिङ: नेपाली साहित्य सम्मेलनको प्रेक्षा गृहमा वरदान सम्मान समूह दार्जीलिङको आयोजनामा हिजो सम्मान कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रम वरदान सम्मान समूहका अध्यक्ष सबिता संकल्पको अध्यक्षता, गोर्खाल्याणड क्षेत्रीय प्रशासन, सूचना एवं सांस्कृतिक विभाग कार्यकारी सभासद अनोस थापाको प्रमुख आतिथ्य, पोख्रेबुङ सेक्रेट हार्ट स्कूलका प्रमुख तथा डाइरेक्टर साथै समाज सेवी विनोद राईको विशिष्ट आतिथ्यमा सम्पन्न गरियो। उक्त कार्यक्रममा साहित्य, नाट्य क्षेत्र, संगीत, गायन, चित्रकारिता, पत्रकारिता, सामाजिक सेवा, नृत्य आदि क्षेत्रका काम गरिरहने व्यक्तिविशेषहरूलाई सम्मान जनाएको छ।

कार्यक्रमलाई सम्बोधनमा राख्दै प्रमुख अतिथि अनोस थापाले विशेषगरी वरदान सम्मान समूहकका चेलीहरू प्रायःप्रायः एस तथा सबाट नै नामहरू शुरू भएको हुनाले आजको यी अतुलनीय कार्य गर्दै आउने वरदान सम्मान समूहको अर्को उपनाम आजदेखि दिन चाहान्छु त्यो हो, सत्यम शिवम् सुन्दरम भन्ने बताउँदै वरदान सम्मान समूहले गर्दै आएको विशेष कार्यहरू प्रकाश पारे। उनले भने, ‘हामीले हाम्रो विभागबाट नाम चलेका व्यक्तिविशेषहरूलाई सम्मान पुर्‍याउँदै आइरहेका छौं भने वरदान सम्मान समूहले हाम्रै समाजभित्रका ओझेलमा परेका स्रष्टाहरूलाई खोजी खोजी सम्मान जनाउने कार्य गर्दछl’

कार्यक्रमको प्रथम चरणमा उपस्थित अध्यक्षा, प्रमुख अतिथि, विशिष्ट अतिथिको बाहुलीबाट दीपप्रज्ज्वलनको साथै उपाध्यक्षा सोनु राई श्रीगणेश मन्त्रको साथमा गरिएपछि सहसचिव सबिता गोर्खाद्वारा स्वागत सम्बोधन राखियो। यसपछि क्रमैले दार्जीलिङका वरिष्ठ कलााकारहरू क्रमैले मन बहादुर राई (गीत संगीत क्षेत्र)बाट, नीर सेरमा(साहित्य क्षेत्र), रिमला मोक्तान( गायन क्षेत्र)लाई शिरशोभा, दोसल्ला, सम्मान पत्र साथै स्मृति चिन्हद्वारा प्रमुख अतिथि अनोस थापा कार्यकारी सभासद गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सूचना एवं सांस्कृतिक विभागद्वारा सम्मान जनाइयो। कार्यक्रमलाई थप मनोरञ्जन गराउँदै गायक, संगीतकार, वाद्य वादक सम्मानित मनबहादुर राईले कार्यक्रममा मीठा मीठा धुनहरू प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध तुल्याए।

समूहको तर्फबाट सह कोषाध्यक्षा सबिता राई साहाराद्वारा  मीठा मीठा गजल अनि मुक्तक प्रस्तुत गरियो। यसपछि पुन: सम्मान क्रममा चित्रकार छेन्डुप लेप्चा(चित्रकारिता), हेलेन लेप्चा(अभिनय नाटक क्षेत्र), हिमाली च्यानलका ब्यूरो चीफ जफर अकिल (पत्रकारिता क्षेत्र), प्रियंका ठटाल(कला क्षेत्र)लाई शिर शोभा, दोसल्ला, स्मृति चिन्ह अनि सम्मान पत्रद्वारा प्रमुख अतिथि, विशिष्ट अतिथि अनि अध्यक्षको बाहुलीबाट सम्मानित गरियो। समूहका मूल सचिव सुमित्रा अविरलद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा समूहकै तर्फबाट सबिता बीके गोर्खाद्वारा कविता पठन गरेपछि पुनः सम्मानित स्रष्टाहरूमा सम्मान जनाउँदै क्रमैले समाज सेवाको क्षेत्रमा मञ्जुला तामाङ,  सामाजिक सेवाको क्षेत्रमा कालेबुङ हेल्पिङ ह्याण्ड, अनि समाज सेवाकै क्षेत्रमा दार्जीलिङका प्रत्यक्ष अप्रत्यक्षरूपमा सेवा पुर्‍याउँदै आउने  सन्त रोबर्टस एलुमिनाई एसोसिएशनका प्रतिनिधिहरूद्वारा सबैमा  शिरशोभा, दोसल्ला, स्मृति चिन्ह अनि सम्मान पत्रद्वारा सम्मानित गरियो। उक्त सम्मान पत्र अनि स्मृति चिन्हलाई क्रमैले मेनुका प्रधान, योगिता राई, अनिल विश्वकर्म, सोनु राई, सबिता गोर्खा, सबिता साहारा आदिद्वारा पठन गरिएको थियो भने मञ्चको भारलाई विशेषरूपमा सरोजा प्रधान, भारती प्रधान अनि समूहका पदाधिकारीवर्गले उठाएका थिए।

कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन साथै अध्यक्षीय सम्बोधन राख्दै सबिता संकल्पले उपस्थित सबैप्रति आभार प्रकट गर्दै सम्मानित स्रष्टाहरूलाई किन वरदान सम्मान समूहले यसप्रकार सम्मान दिनुको विशेष उद्देश्य साथै वरदान सम्मान समूहको स्थापना भएदेखि आजपर्यन्त गरिएको सम्मानित स्रष्टाहरूमाथि प्रकाश पार्दै कार्यक्रममा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरे भने विशेषरूपमा सहयोग पुर्‍याउने स्रष्टाहरू क्रमैले जीटीए, सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद् अनोस थापा, विशिष्ट अतिथि विनोद राई, यसैगरी सम्मानित स्रष्टा रिमला मोक्तान अनि साहित्यविद् मोहन पी दाहाल, सम्मानित हेलेन लेप्चा, मेनुका प्रधान, अमला सुब्बा, मञ्जुला तामाङ साथै सुवास राईप्रति समूहको तर्फबाट आभार व्यक्त गरेका गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement