दार्जीलिङ: साहित्य सम्मेलनको सुधपा प्रेक्षा गृहमा भारतीय नेपाली नारी साहित्यिक मञ्च वसुधा परिवारको २३औं स्थापनाको सुअवसरमा वसुधाका दिवगत नारी स्रष्टा विशेषांकको लोकार्पण कार्यक्रममा विधिवतरूपमा गरिएको छ। उक्त कार्यक्रम वसुधाका अध्यक्षा गीता क्षेत्रीको अध्यक्षता वरिष्ठ साहित्यकार साथै अनुवादक भानु क्षेत्रीको प्रमुख आतिथ्य, वसुधा परिवारका दिवंगत नारी स्रष्टाका खिरोदा खड़गाकी बहिनी रूक्मणि छेत्री, यसैगरी अतिथि कवि विधान आचार्य साथै भीष्म उप्रेतीको सक्रिय उपस्थितिको साथमा वसुधा परिवारका विशेष संरक्षक अनि प्रमुख सल्लाहकार विन्द्या सुब्बाको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरियो।
कार्यक्रमको प्रथम चरणमा अतिथिहरूको बाहुलीबाट दीप प्रज्ज्वलनको कार्यक्रमपछि वसुधाका मूल सचिव अमला छेत्रीद्वारा स्वागत सम्बोधन राख्दै उपस्थित सबैमा स्वागत जनाएपछि उपस्थित अध्यक्षालगायत अतिथिवर्गको बाहुलीबाट वसुधाका दिवगत नारी स्रष्टा विशेषांकको लोकार्पण गरियो। सुमित्रा अविरलद्वारा कार्यक्रम संचालन गरिएको यस कृति लोकार्पणपछि कृतिमाथि विशेष प्रकाश पार्दै वरिष्ठ समालोचक जय क्याक्टसद्वारा वसुधाका दिवंगत नारी स्रष्टा विशेषांकमाथि आफ्नो सारगर्भित मन्तव्य राखे। यसपछि वसुधा परिवारको पक्षमा संरक्षक एवं प्रमुख सल्लाहकार विन्द्या सुब्बाद्वारा लोकापिर्त कृति दिवंगत नारी स्रष्टा विशेषाममा रचनादिएर योगदान पर्याउनुहुने स्रष्टा, कवि, लेखक एवं समालोचकप्रति क्रमबद्ध रुपमा आभार साथै वसुधा परिवारको विषयबारे विस्तारितरूपमा आफ्नो मन्तव्य प्रस्तुत गरे भने कृतिको सहयोग पुर्याउने स्रष्टाहरूमा श्रद्धार्पणसितै कृति भेट गरे।
यसपछि कार्यक्रमलाई थप रसिलो बनाउँदै कविहरू क्रमैले बसन्ती शाह, सुभद्रा बम्जन, सुमित्रा रुम्दाली, योगिता राई, विधान आचार्य अनि भीष्म उप्रेती अतिथि कविद्वारा कविताहरू प्रस्तुत गरियो। उक्त कार्यक्रममा नगरपालिका उपाध्यक्ष प्रतिभा राई, एआईडब्ल्युसीका गुणकेसरी प्रधान, जीटीए सूचना एंव सांस्कृतिक विभागका सहनिर्देशक विमल राई, गोदुनिसका महासचिव केशव गुरुङ साथै सम्पूर्ण प्रतिनिधि, नेसास महासचिव महेन्द्र प्रधानलगायत अन्य अतिथिहरूको विशेष उपस्थिति रहेको थियो। प्रमुख अतिथि भानु छेत्रीले कार्यक्रमलाई सम्बोधनमा राख्दै आफ्नो सारगर्भित मन्तव्य राखे। कार्यक्रमको अन्त्यमा डा गीता छेत्रीद्वारा अध्यक्षीय सम्बोधन राख्दै वसुधा नारी लेखिका मञ्चबारे आफ्नो अध्यक्षीय सम्बोधन राख्दै सबैमा आभार जनाए। यसपछि प्रचारप्रसार सचिव सबिता संकल्पद्वारा धन्यवाद ज्ञान जनाउँदै विशेषरूपमा वसुधा परिवारको कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल बनाइदिएवापत् सबैप्रति धन्यवाद दिए भने वसुधा परिवारलाई सधैं सम्झेर सहयोग गीतकार अजित बस्नेतप्रति पनि धन्यवाद ज्ञापन गरेपछि अध्यक्षद्वारा कार्यक्रम समापनको घोषणा गरे।