पाकिस्तानलाई ठूलो राहत, विश्व कपको निम्ति भारतीय भीजा जारी

IMG-20230926-WA0106.jpg

२६ सेप्टेम्बरः पाकिस्तान क्रिकेट टीमका सदस्यहरूलाई आईसीसी पुरुष वनडे वर्ल्ड कपको निम्ति भारतीय भीजा जारी गरियो। इण्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)-ले सोमवार यसको पुष्टि गऱ्यो। राष्ट्रिय टीमको हैदराबाद यात्रामा विलम्बलाई लिएर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले चिन्ता व्यक्त गरेको लगत्तै पछि आईसीसी-ले भीजा जारी गरिएको पुष्टि गऱ्यो। पाकिस्तानको टीमले २७ सेप्टेम्बरमा बिहानै भारत प्रस्थान गर्नेछ। टीमलाई निर्धारित यात्राभन्दा ४८ घण्टा अघि भीजाको स्वीकृति प्राप्त भयो। वर्ल्ड कप शुरु हुन अघि पाकिस्तानले २९ सेप्टेम्बरमा हैदराबादमा न्यूजील्याण्ड विरुद्ध आफ्नो पहिलो अभ्यास म्याच खेल्नेछ। भारत यात्राको निम्ति भीजा जारी नहुँदासम्म पाकिस्तानको शिविर असमञ्जसको स्थितिमा रहेको थियो। पाकिस्तानको टीम अभ्यास म्याचको निम्ति बुधवार हैदराबाद पुग्न अघि दुबईमा दुई दिनको टीम बण्डिंग सत्रमा हिस्सा लिने योजना रहेको थियो। भारतीय भीजामाथि अनिश्चितताले गर्दा टीमको दुबई कार्यक्रमलाई रद्द गरिएको थियो। बाबर आजमको कप्तानीमा रहने टीमले हैदराबादमा दुईवटा अभ्यास म्याच खेलेपछि विश्व कपमा त्यति नै म्याच खेल्नेछ।

About Author

Advertisement