२६ सेप्टेम्बरः नेहुरे बालासन युनाइटेड फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार क्वार्टर फाइनल राउण्डको अन्तिम दुईवटा म्याच खेलियो। बालासन खेल मैदानमा भएको पहिलो म्याचमा रिवाज सेभेन, बालासनले सोनादा आउट पोस्टलाई १-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा सोनादा भेटरन्सले आयोजक नेहुरे बालासन युनाइटेड फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल ८ अक्टोबरमा खेलिनेछ।