सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टः आयोजक स्कूलको यल्लो र ब्ल्यू टीम फाइनलमा

IMG-20230926-WA0091.jpg

२६ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा सोमवार दुईवटा सेमिफाइनल म्याच खेलियो। चरम रोमाञ्चक पहिलो सेमिफाइनल म्याचमा आयोजक सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (एसआरएस)-को यल्लो टीमले खरसाङको सेण्ट अल्फन्सस स्कूललाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रतीत छेत्रीले २ गोल गरे। यसरी एसआरएस यल्लो टीमका खेलाड़ी पेम्बाले आफ्नै नेटमा गोली हाल्दा सेण्ट अल्फन्सस स्कूलले म्याचको एकमात्र गोल हासिल गऱ्यो। म्याच हारे पनि सेण्ट अल्फन्सस स्कूलका निखिल थापालाई प्लेयर अव् द म्याच चयन गरियो। दोस्रो सेमिफाइनल पनि उत्तिकै रोमाञ्चक रह्यो, जसमा आयोजक सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (एसआरएस)-को ब्ल्यू टीमले बदामताम हाई स्कूललाई ३-२-ले पराजित गऱ्यो।

नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। त्यसपछि अतिरिक्त समयको खेलमा एक गोल थपेर एसआरएस ब्ल्यू टीम विजयी भयो। विजेता टीमका नर्बु छिरिंग भूटियालाई प्लेयर अव् द म्याच चयन गरियो। सोमवार मुख्य अतिथिको रूपमा ओलम्पियन कप्तान किशोर रत्न मणि राई उपस्थित थिए। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टको फाइनल २७ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement