परिमल मित्र स्मृति महाविद्यालयमा आदिकविको २०८औंजन्म जयन्ती समारोह सम्पन्न

IMG-20220713-WA0226.jpg

मालबजार: आदिकवि भानुभक्त आचार्यको २०८औं जन्म जयन्ती समारोह नेपाली विभागको तत्त्वधानमा मालबजारस्थित परिमल मित्र स्मृति महाविद्यालयको प्रेक्षागृहमा सम्पन्न भयो। प्रस्तुत कार्यक्रममा इतिहास विभागका डा सपनकुमार भौमिक, बाङ्गला विभागका प्रमुख डा. तपती शाह, डा. चन्दन खान, विज्ञान विभागका डा. रितु राई, डा. शुभदीप मजुमदार, लाइब्रेरियन संजीव सिन्हा आदि लगायत दोस्रो, तेस्रो, चौंथो, पाँचौ एवम् छौटौं सत्रका विद्यार्थीहरू उपस्थित थिए। कार्यक्रममा तेस्रो र चौंथो सत्रका सिनोरा थापा अनि साथीहरूले रामायण पाठ, अनमोल दर्जी (तेस्रो सत्र), प्रतिज्ञा छेत्री (पाँचौ सत्र), प्रतिज्ञा भूजेल (छैटौं सत्र), अदिती गीरि (छैटौं सत्र), प्रशन्ना खवास (पाँचौ सत्र), तथा अंकिता राई (पाँचौ सत्र) आदिले कविता पाठ गरेका थिए। यसरी नै डा सपनकुमार भौमिक, डा. रितु राई, लाइब्रेरियन सञ्जीव सिन्हा आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा बाङ्गला विभागका डा. चन्दन खानले आदिकविमाथि बाङ्ग्ला भाषामा स्वरचित कविता पाठ गरेका थिए भने सिनोरा थापा (तेस्रो सत्र) ले लोक सांस्कृतिक नृत्य प्रस्तुत गरेकी थिइन्। सम्पूर्ण कार्यक्रमलाई नेपाली विभागका प्राध्यापक डा. अमीर दर्जीले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन नेपाली विभागका प्राध्यापक नर्मी गुरूङले गरेकी थिइन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement