मुख्यमन्त्रीको उत्तर सिक्किम भ्रमणले चालक अनि पर्यटकहरू समस्यामाः क्याप

IMG-20230926-WA0000.jpg

गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङको उत्तर सिक्किमको भ्रमणले चालक, पर्यटक हितधारक अनि पर्यटकहरूले दुःख पाएको सिटिजन एक्शन पार्टी (क्याप)को भनाइ रहेको छ। मुख्यमन्त्रीको भ्रमणअवधि दुई दिन उत्तर जिल्लामा पर्यटकहरूका लागि पर्मिट बन्द गरेकोले यो समस्या भएको पार्टीको भनाइ रहेको छ। पार्टीद्वारा जारी एउटा प्रेस विज्ञप्तिमा तीन महिनापछि भर्खर शुरुभएको पर्यटन सिजनको आरम्भमा नै यसरी उत्तर सिक्किमको पर्मिट दुई दिनको निम्ति बन्द गरिनु भनेको पर्यटन क्षेत्रमा निर्भर परिवारहरूलाई ठूलो अन्याय भएको बताइएको छ।
मुख्यमन्त्रीको भ्रमणअवधि पर्यटकहरू लागि पास मात्र बन्द नगरेर उत्तर सिक्किमको भ्रमणको निम्ति अगावै होटल बुक गरेर बसेका पर्यटकहरुलाई समेत प्रशासनको यस निर्णयले धेरै असर पुऱ्याएको पार्टीको भनाइ रहेको छ। अहिले ती पर्यटकहरु गान्तोक, पेलिङ्ग तथा राज्यका विभिन्न स्थानहरुमा अतिरिक्त पैसा तिरेर बस्न वाध्य बनेको पार्टीको भनाइ रहेको छ। उल्लेखनीय छ, मुख्यमन्त्री तामाङ आजदेखि चार दिने उत्तर जिल्ला भ्रमणमा छन्।
केही समय अघि देशकी वित्तमन्त्री उत्तर सिक्किमको भ्रमणमा आउँदा यसरी पर्यटक र पर्यटक हितधारकहरूलाई कुनै समस्या नभएको तर आज राज्यका मुख्यमन्त्रीले भ्रमण गर्दा दुईदिनको निम्ति पर्यटनमाथी नै रोक लगाउने सरकारको यो निर्णय निराशाजनक रहेको सिटिजन एक्शन पार्टीको भनाइ रहेको छ। यसको साथै पार्टीले नोक्सानी बेहोर्न परेका ती पर्यटक हितधारक र पर्यटकहरूलाई सरकारले क्षतिपुर्ति दिनुपर्ने माग पनि गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement