ड्रग्स सहित एक युवक पक्राउ

hands-locked-in-handcuffs.jpg

गान्तोक: राज्य पुलिसले सिक्किमलाई ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले गत केही महिनादेखि एक अभियानकोरूपमा शुरू गरेको छ। यसै क्रममा नाम्ची पुलिसले ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी मल्ली माझीगाउँ निवासी युवराज दर्जीकोरूपमा नाम्ची पुलिसले चिन्हित गरेको छ। आरोपी दर्जी ड्रग्सको घन्दामा लिप्त रहेको र उनले यसको व्यापार गर्दै आइरहेको पुलिसले सूचना पाएपछि आरोपीको घरमा छापा मार्ने क्रममा भारी मात्रमा ड्रग्स फेला पारेको जानकारी गराइको छ। नाम्ची पुलिसका एसएचओ निर्देशनमा एसआइ पाल्मुला भोटियाको नेतृत्वमा आरोपीको घरमा छापा मारेको थियो। छापा मार्ने क्रममा पुलिसले १४ स्ट्रिप्स विन्सपास्मो फोर्ट क्याप्सुल फेला पारेको थियो। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्त मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement