गान्तोक: राज्यका शिक्षा, स्वास्थ्य अनि परिवार कल्याण विभाग मन्त्री केएन लेप्चाले आज गेजिङ जिल्लामा सञ्चालित प्रमुख संस्थानहरूको निरीक्षण गरे। उनको भ्रमणको उद्देश्य स्थानीय जनताको जीवनमा प्रभाव पार्ने महत्वपूर्ण सुविधाहरूको प्रभावकारी कार्यसम्पादनको मूल्याङ्कन र सुनिश्चित गर्नु रहेको थियो। यस अवसरमा मन्त्री लेप्चासँग गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङडा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। मन्त्री लेप्चाले पेमा ग्योत्छो गुम्बाबाट आफ्न भ्रमण शुरू गरेका थिए। भ्रमणको क्रममा मन्त्री लेप्चाले पेलिङ उच्चत्तर माध्यमिक विद्यालयको भ्रमण गरे, जहाँ उनलाई विद्यालयको तर्फबाट भव्यरूपमा स्वागत जनाइयो। मन्त्री लेप्चाले विद्यालयका शिक्षकवर्ग सहति विद्यार्थीहरूसँग पनि अन्तक्रिया गर्दै उनीहरूको लक्ष्यर उद्देश्यबारे जानकारी लिए। यसरी नै उनले राब्देञ्चीको जिल्ला प्रशासनिक केन्द्रको पनि निरीक्षण गर्दै त्यहाँका अधिकारीहरूसँग अन्तक्रिया गरे।