सोरेङ: दोदक ग्राम प्रशासनिक केन्द्रमा हेवेन्ली निर्भाणा पाथ दरमदिन शाखाको तत्वावधानमा सात दिवसीय नि:शुल्क आसश हिलिङ शिविर आजदेखि आरम्भ भएको छ। आजको उद्घाटन कार्यक्रममा एसटी बोर्डका अध्यक्ष प्रेमकुमार सुब्बा प्रमुख अतिथिका रुपमा उपस्थिति थिए। वहाँको साथमा दरामदिन समष्टिका सीएलसी अध्यक्ष, सचिव लगायत सदस्यगण, सत्तारूढ एसकेएम पार्टीका पदाधिकारीगण, जिल्ला पञ्चायत साथै ग्राम पञ्चायत अध्यक्ष, उपाध्यक्ष अनि सदस्य-सदस्यीयगण र प्रेमिहरुको बाक्लो उपस्थिति थिए। प्यारालाइसिस, ग्यास्ट्रिक, गानो गोला, माइग्रेन मुटु, उच्च रक्तचाप पीडित बिमारीहरु उपचार गरिने भिड लागेको थियो। आजदेखि शुरु भएको सात दिवसीय नि:शुल्क आसश हिलिङ शिविर १ अक्टोबर सम्पन्न हुनेछ। यस हिलिङ शिविर आयोजना गर्ने दोदक ब्लकका गैरसरकारी संघ-संस्था साथै दोदक यथु क्लबको ठुलो सहयोग रहेको आयोजना समितिले जानकारी गराए भने वहाँहरुको सहयोगप्रति आभार प्रकट गरे।