सिलगढी: एसओजी र एनजेपी पुलिसले संयुक्त अभियान चलाएर १० लाख रुपियाँको ब्राउन शुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपी राजगञ्ज जुम्मागछ निवासी रफीकुल हक (४६) हुन्। प्राप्त जानकारी अनुसार सोमवार गोप्य सूचनाको आधारमा एसओजी र एनजेपी पुलिसले फूलबाड़ी १ नम्बर इलाकाको गोरामोड़ इलाकामा अभियान चलाएर एकजना बाइक सवारलाई हिरासतमा लिएर छानबिन गर्दा तिनीबीट ३०० ग्राम ब्राउन शुगर उद्धार गरेको छ। यसपछि बाइक सवारलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्र अनुसार उद्दार गरेको ब्राउन शुगरको बजार मूल्य लगभग १० लाख रुपियाँ रहेको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।