भारतलाई विकसित राष्ट्र बनाउनु आईएएस अधिकारीहरूको सामूहिक लक्ष्य हो: राष्ट्रपति द्रौपदी मुर्मू

1000372744.jpg

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले सोमवार सिभिल सेवकहरूसित भनिन्, भारतलाई एक समावेशी तथा विकसित राष्ट्र बनाउनु तपाईहरूको सामूहिक लक्ष्य हो। वर्तमानमा विभिन्न केन्द्रिय मन्त्रालय एवं विभागहरूमा सहायक सचिवहरूको रूपमा तैनाथ वर्ष २०२१ ब्याचका १८२ आईएएस अधिकारीहरूको एक समूहले आज राष्ट्रपति भवनको सांस्कृतिक केन्द्रमा राष्ट्रपति दौपदी मुर्मूसित भेट गरे।

यस अवसरमा राष्ट्रपतिले अधिकारीहरू समक्ष भनिन्, तपाईहरूको सेवा अधिकार, भूमिका औ जिम्मेवारी अन्य कुनै पनि सेवाभन्दा भिन्न छ। यो सेवा होइन, एउटा मिशन हो। यो भारत अनि यहाँका मानिसहरूलाई सुशासनतिर दोऱ्याउने मिशन हो। देश औ देशका मानिसहरूको सेवा गर्नु तपाईहरूको नियति हो। भारतलाई एक समावेशी तथा विकसित राष्ट्र बनाउनु तपाईहरूको सामूहिक लक्ष्य हो।

राष्ट्रपतिले भनिन्, तपाईहरूले आफ्ना साथी युवा नागरिकहरूलाई विभिन्न क्षेत्रमा उनीहरूको क्षमताको अनुभूति गराउनमा महत्वपूर्ण योगदान दिन सक्नुहुन्छ। उनीहरू समक्ष आगामी वर्ष २०४७-को विकसित भारत निर्माण गर्ने महान अवसर छ। उनीहरू आफ्नो प्रतिबद्धता र रचनात्मकताको माध्यमबाट हाम्रो देशलाई परिवर्तन गर्नमा प्रभावकारी परिवर्तन एजेन्ट बन्न सक्नेछन्।

राष्ट्रपतिले भनिन्, एक दयालु सिभिल सेवक जसको हृदय गरीब र वञ्चितहरूको लागि धड़किन्छ उ साँचो सिभिल सेवक हुनसक्छ। समाजमा वञ्चित वर्गका मानिसहरूको उत्थान गर्नु सिभिल सेवकहरूको लागि विश्वासको विषय हुनुपर्छ। उनले अधिकारीहरूसित ‘फाइलदेखि फिल्ड’ औ ‘फिल्डदेखि फाइल’- बीचको सम्बन्धलाई बुझ्ने प्रयास गर्ने आग्रह गर्दै अघि भनिन्, यो जनकेन्द्रित सतर्कता अनि समवेदनशीलताले उनीहरूलाई फाइलसित अझ बढ़ी सार्थक ढंगले जोड़िनको लागि सक्षम बनाउँछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement