मुख्यमन्त्रीको चार दिवसीय लाचेन-मंगन निर्वाचन क्षेत्र भ्रमण शुरू

n5410355281695663261790eb4e3294d3be556c7db92cbe59f8827f682762111f9365e4263160aa3f672183.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको सोमवारदेखि लाचेन-मंगन निर्वाचन क्षेत्रको चार दिवसीय जनता भेट कार्यक्रम शुरू भएको छ। लाचेन-मंगन जाने क्रममा बिहान मुख्यमन्त्रीलाई विभिन्न ठाउॅंहरूमा स्थानीय मानिसहरूका साथै पार्टी कार्यकर्ताहरूले स्वागत जनाए।

यस क्रममा मुख्यमन्त्री तामाङले पनि मानिसहरूसॅंग अन्तरक्रिया गर्दै उनीहरूका माग अनि गुनासोलाई सम्बोधित गरे।

मुख्यमन्त्रीले कबि-लुङ्गचोकमा पवित्र अनि ऐतिहासिक स्टेच्यु अफ् यूनिटीको दर्शन गरेर सिक्किमको कल्याणको निम्ति पूजा-प्रार्थना गरे। मुख्यमन्त्रीको साथमा मन्त्रीगण, विधायकगण, राजनीतिक सचिव, प्रेस सचिव, विभागीय वरिष्ठ अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरू पनि सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement