खरसाङ इलेभेन विजयी

photocollage_2023925225532265.jpg

२५ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्याँगा, पानीघट्टा)-को आयोजनमा देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट सोमवारदेखि शुरु भयो। रंगमोहन हाई स्कूल मैदानमा आज भएको उद्घाटन म्याचमा खरसाङ इलेभेनले देवीगञ्ज एससी (नेपाल)-लाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ७ र ८ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल १४ अक्टोबरमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement