एनडीएबाट अलग भए एआईएडीएमके!

00-1-Rashtriya-Samachar-20

चेन्नई: लोकसभा चुनाव २०२४ अघि भाजपालाई झटका लागेको छ। तमिलनाडुमा अल इण्डिया अन्ना द्रविड मुनेत्र कझगम (एआईएडीएमके)ले एनडीएसँगको गठबन्धन तोड्ने घोषणा गरेको छ। पार्टीले सोमबार बैठक आयोजना गरेको हो। बैठकपछि एआईएडीएमकेले एनडीएसँग सम्बन्ध तोड्ने घोषणा गरेको छ। यसका लागि उसले प्रस्ताव पारित गरेको छ। त्यसपछि उसले भाजपामाथि गम्भीर आरोप लगाए। यसको जवाफमा भाजपाको तर्फबाट पनि बयान आएको छ।

एआईएडीएमकेका उपसंयोजक केपी मुनुस्वामीले पार्टी बैठकमा सर्वसम्मतिले प्रस्ताव पारित भएको बताए। आजदेखि एआईएडीएमकेले भाजपा र एनडीएसँग सबै सम्बन्ध तोड्दैछ। ‘भाजपाको राज्य नेतृत्वले हाम्रा महासचिव पूर्व नेताहरूका बारेमा लगातार अनावश्यक टिप्पणीहरू गरिरहेको थियो। यो घोषणा भाजपाका लागि झटका हो किनभने बीजेपीले अब २०२४ को चुनावमा एक्लै लड्नु पर्नेछ’, उनले भने। एआईएडीएमकेले गत हप्ता मात्र एनडीएबाट अलग हुने घोषणा गरेको थियो। प्रस्ताव पारित गरेपछि आज पार्टी औपचारिक रुपमा अलग भएको हो। यस मामिलामा तमिलनाडु भाजपा अध्यक्ष अन्नामलाईको विवादास्पद भाषणलाई जिम्मेवार ठहराइएको थियो।

 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *