सिलगढीको १२ नम्बर वार्डमा अवैध निर्माण!

00-1-Chhetriya-Samachar-1

विरोध गर्दा कुटपिट गरेको आरोप

सिलगढ़ी। अवैध निर्माणको विरोधमा सिलगढ़ीमा एक व्यक्तिलाई कुटपिट भएको आरोप लागेको छ। यो घटना गत शनिबार राति सिलगढ़ीको वार्ड नम्बर १२, हरेन मुखर्जी रोडमा भएको हो। श्यामाप्रसाद घोष नामका व्यक्तिमाथि आक्रमण भएको थियो भने घटनापछि उनले पानीट्याङ्की पुलिस आउटपोस्टमा उजुरी दिएका छन्। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ । श्यामाप्रसाद घोषको घरको पर्खाल नजिकै अवैध रुपमा घर बनाइएको आरोप रहेको छ भने उनले यसको अस्वीकार गरेका थिए। केही दिन काम रोकिए पनि पुनः काम सुरु भएको थियो।
शनिबार दुई पक्षबीच कामलाई लिएर विवाद भएको थियो भने घटनालाई लिएर श्यामाप्रसाद घोषमाथि हमला भएको आरोप छ। उनको नाक र आँखामा चोट लागेको बताईएको छ। घटनापछि उनले पार्षद वासुदेव घोषलाई खबर गरे तर उनी सुनेर पनि नआएको आरोप लगाउँदै काउन्सिलरको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। तर काउन्सिलरले घटना भएको दिन आफू अर्कै कार्यक्रममा रहेको बताएका छन्। उनले त्यस क्षेत्रमा गएर अवैध निर्माण हटाउन पहल गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement