मङ्गन। सिक्किमका मुख्यमन्त्री पीएस तामाङले आफ्नो ४ दिवसीय जनसम्पर्क तथा जनता भेटघाट कार्यक्रम शुरु गर्ने क्रममा सोमबार उत्तर सिक्किमको लाचेन-मङ्गन निर्वाचन क्षेत्रको भ्रमण शुरु गरेका छन्। लाचेन-मङ्गन क्षेत्रको बाटामा स्थानीय जनताले मुख्यमन्त्रीलाई न्यानो स्वागत जनाएको थियो।

मुख्यमन्त्रीसँग ग्रामीण विकास मन्त्री सोनम लामा, विधायक साम्ड्रुप लेप्चा एवम् वरिष्ठ अधिकारीहरु पनि साथमा रहेका छन् भने पहिलो दिनको भ्रमणमा चुङथाङको रिगजिङ छ्योईलिङ गुम्बामा दर्शन गर्दै सो क्षेत्रका जनसाधारणसित मुख्यमन्त्री पीएस तामाङले वार्तालाप गरेको थियो।