गत विजेता डीएसए सेमिफाइनलमा

photocollage_2023925222223243.jpg

२५ सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-ले सेमिफाइनलमा स्थान बनायो। रामझोड़ा फूटबल मैदानमा सोमवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा डीएसए-ले बीबीएस इलेभेन (काटालगुरी)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट योन्तेनले ५५औं र हेमराज भुजेलले ८७औं मिनटमा गोल गरे। विजेता टीमका खेलाड़ी योन्तेनलाई हीरो अव् द म्याच चयन गरियो। अब २७ सेप्टेम्बरमा खेलिने पहिलो सेमिफाइनलमा उज्जल इलेभेन (बीरपाड़ा) र वरियर्स स्पोर्टिंग क्लब (तुलसीपाड़ा)-बीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement