बाग्राकोट मानव कल्याण आश्रममा व्यासपूजा पालन

IMG-20220713-WA0224.jpg

बाग्राकोट: आज बाग्राकोटस्थित मानव कल्याण आश्रममा बाग्राकोट तहसीलको तत्वावधानमा व्यासपूजा (गुरूपूजा) महोत्सव धुमधामले पालन गरियो। बिहान ७ बजीदेखि वैदिक विधिद्वारा पूजा-अर्चना तथा हवन गरियो। तत्पश्चात् १० बजीदेखि मण्डपमा श्री महाराजजीको तस्बीर अघि सन्त-महात्माद्वारा गुरूबन्दनासहित भोग-प्रसाद अर्पण गरिएको थियो भने भजन किर्तन साथै दर्शन-पर्शनपछि दिनको १२-३० बजेदेखि भण्डारा वितरण गरियो। अपरान्ह १-३० बजीदेखि भजन किर्तनपछि तहसील प्रभारी सन्त महात्मा अम्बे बाईजी साथै अतिथि सन्त महात्मा देवा बाईजीको करकमलद्वारा श्री महाराजजीको तस्बीर अघि दिप प्रज्वलन साथै खदार्पण गरिएपछि एउटा भजन प्रस्तुत गरे। त्यसपछि तहसीलका तथा अतिथि सन्त-महात्मागणलाई खदार्पणद्वारा स्वागत् गरियो। त्यसपछि साईली शाखाका प्रेमी मन्जीत महालीले एउटा मार्मिक भजन प्रस्तुत गरेपछि तहसील सचिव निर्मल शर्माले स्वागत् वक्तव्य राखे। कार्यक्रममा बाग्राकोटकी वयोबृद्धा प्रेमी जानुका छेत्रीलाई उनको संगठनप्रतिको निष्ठा तथा समर्पण भावको निम्ति समितिको पक्षबाट सन्त-महात्मागणको बाहुलीद्वारा सम्मान प्रदान गरियो। बालुटुक्राका बालसभाका नानीहरूले अति सुन्दर नृत्य प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पारे। कार्यक्रमलाई अघि बढाउँदै प्रवचनको क्रममा डुवर्स उपाध्यक्ष गौतम नागले आज व्यासपूजा किन मनाइन्छ भन्ने कुरालाई प्रष्ट पार्दै सारगर्भित विचार राखे। त्यसपछि डामडिम शाखाका बालसभाका नानीहरूले सुन्दर नृत्य प्रस्तुत गरेपछि जयगाउँबाट आएका राज विश्वकर्माले मार्मिक भजन प्रस्तुत गऱ्यो। त्यसपछि प्रवचनको क्रममा सिलगढ़ीबाट आएका सहयोगी महात्मा प्रियंका बाईजीले आफ्नो सारगर्भित विचारमा राख्दै "यस धराधामा आएपछि मानवले गुरू धारण गर्नैपर्छ। गुरू बिना मानवको कल्याण छैन। धर्मशास्त्र पल्टाएर हेर्यौं भने भगवानहरूले पनि गुरू धारण गरेको कुरा उल्लेख छ। आज हामीले पनि गुरू धारण गरेर आफ्नो आफ्नो आत्माको कल्याण गराउनु पर्छ। नत्र फेरि चौरासीमै पर्नुपर्छ" प्रवचनपछि एउटा मार्मिक भजन पनि प्रस्तुत गऱ्यो। प्रवचनकै क्रममा बाग्राकोट तहसीलकी सन्त महात्मा सुरभि बाईजीले आफ्नो सारगर्भित विचार राख्दै -“आजको यस कार्यक्रममा सबै प्रेमीले धैर्यधारण गरेर सत्संग सुन्नु पर्छ। किनभने यो गुरू-शिष्यको एक महत्वपुर्ण दिन हो। फेरि यस्तो मौका आउने हो कि होईन? समय छदैं ज्ञान भक्ति मार्गमा लाग्नु पर्छ। भगवानले हामीलाई एकपल्ट मौका दिन्छन्। यो मौकामा हामी चुक्नु हुँदैन।
प्रवचनकै क्रममा सिलगढ़ीबाट आएका अतिथि महात्मा देवा बाईजीले आफ्नो सारगर्भित वक्त राख्दै -“आज दुईवटा पर्व जूटेको दिन एक व्यासपूजा र अर्को नेपाली आदिकवि भानुभक्त आचार्यले जन्मजयन्ती। एकातिर गुरू र शिष्यको मिलन हुने दिन भने यता भानुभक्तले बाल्मीकी ऋषीले लेखेका रामायणलाई सरल नेपालीमा अनुवाद गरेर हामीलाई आत्मज्ञानको बारेमा बताएका छन्। बाईजीले भानुभक्तिय रामायणका श्लोक पनि बाँचन गर्दै आफ्नो बिचारमा आत्माज्ञानको महिमालाई सुन्दर ढङ्ममा राख्नु हुँदै अन्तमा गुरू बिना मानवको उद्धार हुँदैन भनि रामायणमा भानुभक्तले स्पष्ट लेखेका छन्। रामायण त पढ़छौं तर त्यहाँ भनिएका कुराहरूमा ध्यान दिँदैनौ। केवल शिलोक गाएर मात्र हुँदैन, के भनेको छ, त्यस श्लोकले? त्यसमा पनि ध्यान दिनु पर्छ अनि मात्र हाम्रो कल्याण हुन्छ।” प्रवचन क्रमको वयोवृद्ध प्रभारी सन्त महात्मा अम्बे बाईजीले -“आज व्यासपूजा महोत्सवको उपलक्ष्यमा सबै प्रेमी सज्जनहरूको यहाँ उपस्थित भएको मुख्य कारण गुरूकै कारण हो। ज्ञान प्राप्तिको कारणले नै हामी आज यहाँ भेला भएका छौं। व्यासपूजा महोत्सवको उपलक्ष्यमा सबैले भजन भक्तिमा मन लागोस्। सतसंग प्रचारमा साथ दिने प्रेरणा प्रदान गरून् श्रीगुरूमहाराजजीले भन्ने आशिर्वचनको साथ संक्षेपमा आफ्नो सारगर्भित विचार समाप्त गर्नुभयो।
कार्यक्रमको अन्तमा महेन्द्र बुढाथोकीले धन्यवाद ज्ञापन गरे भने, कार्यक्रममा सञ्चालन प्रदीप शर्माले गरेका थिए भनी मदन खड्काले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement