खरसाङ: सूचना एवं सांस्कृतिक विभाग पश्चिम बंगाल सरकारको आयोजनामा मारूनी नृत्यको कर्मशाला आज खरसाङमा शुरू भएको छ। उक्त कार्यशाला २५ अनि २७ सितम्बरको दिन श्री सत्य साई सेवा समिति, साई भवन खरसाङमा महकुमा सूचना एवं सांस्कृतिक विभाग खरसाङको सहयोगिता आयोजना भईरहेको छ। आजको पहिलो दिनको कार्यशालाममा दार्जिलिङ जिल्ला सूचना अन् सांस्कृतिक विभागीय अधिकारी खाङ डोमा भूटिया, शिशु किशोर एकाडेमीको सचिव इन्चार्च, सूचना अनि सांस्कृतिक विभाग पश्चिम बंगाल सरकार मन्द्राकान्ता माहलन्बीस अनि महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङको अधिकारी अनिरबन दामले वक्तव्य राखेका थिए।

स्मरण रहोस् यो मारूनी नृत्यको कर्मशाला प्रशिक्षक अनुशा लामा अनि दुर्गा लामा रहेका छन्। यस कार्यशालाको आयोजनाबारे दार्जिलिङ जिल्ला सूचना अन् सांस्कृतिक विभागीय अधिकारी खाङ डोमा भूटियाले विस्तृत रूपमा जानकारी गराएका छिन्।