घैयाबारी ग्राम पञ्चायत एकको कार्यालय उदघाटन

IMG-20230925-WA0253.jpg

खरसाङ: आज खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एकको पञ्चायत कार्यालय विधिवत रूपमा उद्घाटन गरियो। उक्त ग्राम पञ्चायत कार्यालयको उदघाटन घैयाबारी ग्राम पञ्चायत एकको पञ्चायत प्रधान रिना छेत्रीको बाहुलीबाट रिबन काटेर गरिएको छ। उक्त घैयाबारी ग्राम पञ्चायत एकमा पञ्चायत प्रधान रिना छेत्री, उप प्रधान अशेष छेत्री, पञ्चायत सदस्यमा बिध्या जिम्बा, गायत्री रोका मंग्राती, सपन थापा, गगण तामाङ अनि विपक्षबाट रहेका पञ्चायत सदस्यमा मिरा लामा, दावा तामङ आदि रहेका छन्। आजको यस उदघाटन समारोहमा खरसाङ ब्लक सभापति अनु प्रधान, २९ नम्बर समष्टीको सभापति पेमेन्द्र गुरूङ, भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, महकुमा समितिक प्रचार प्रसार सचिव उत्तम दास प्रधान, महकुमा सह सचिव विशाल शर्मा, सुभाष छेत्री साथै नारी शक्तिका सम्पूर्ण सदस्याहरू, युवा मोर्चाका प्रतिनिधिहरू र कार्यालय कर्मचारीहरूको उपस्थितिमा उक्त पञ्चायत कार्यालय उद्घाटन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement