कोलकाताः पश्चिम बंगालमा तीव्र गतिमा फैलिरहेको डेङ्गू संक्रमणलाई रोक्न मुख्यमन्त्री ममता ब्यानर्जी सक्रिय भएकी छन्। विदेशबाट फर्किनसाथ उनले पार्टी नेताहरूको बैठक बोलाएकी छन्। यसमा उनले विधायकहरू, सांसदहरू बाहेक कोलकाता नगर निगम र अन्य पालिका प्रमुखहरूलाई सामेल हुन लगाएकी छन्। जानकारी अनुसार, मुख्यमन्त्रीले राज्यमा सर-सफाई र जल निकासी व्यवस्थालाई दुरूस्त पार्ने निर्देश दिनसक्छिन्। यो बैठक मंगलवार साझँ बोलाइएको छ। उनले डेङ्गूको वर्तमान स्थितिका साथै यसको निराकरणका लागि मानिसहरूलाई जागरूक बनाउने र घर-घर जाने निर्देश दिनसक्छिन्। यद्यपि, मुख्यमन्त्रीको यस कदममाथि पनि प्रश्न चिह्न उठ्न थालेको छ।
एक दिनअघि मात्र कांग्रेस नेता अधीर रन्जन चौधरीले प्रेस कन्फ्रेन्स गरी ममता ब्यानर्जीको विदेश यात्रामा प्रश्न चिह्न खड़ा गरे। उनले भने, राज्यमा मानिसहरू मरिरहेका छन् तर ममताले उनीहरूको पीड़ा बुझ्न सक्दिनन्। यसैले विदेशको लग्जरी यात्रा गरिरहेकी छन्। पश्चिम बंगालमा ३० हजारभन्दा धेरै मानिसहरू डेङ्गूको चपेटमा छन्। कोलकातामा १० दिनमा एक हजार मानिस संक्रमित भएको पुष्टि भएको थियो,जसबाट स्वास्थ्य विभागको चिन्ता बढ़ेको छ। दुई दिनअघि एकै दिनमा छह जनाको मृत्यु भएको छ।
-हिस