कोलकाताः कलकत्ता उच्च न्यायालयका न्यायाधीश अमृता सिन्हाले अभिषेक ब्यानर्जी सहित लिप्स एण्ड बाउन्ड्सका निदेशकहरूको सम्पत्तिको रिपोर्टमाथि प्रश्न चिह्न खड़ा गरेकी छन्। सोमवार उनले कन्द्रिय जाँच एजेन्सी ईडी र सीबीआईका अधिकारीहरूलाई यी मुद्दाहरूमा स्पष्टीकरण दिनका लागि अदालतमा उपस्थित रहने निर्देश दिइन्। जाँचमा सामेल सबै अधिकारीहरूलाई हाजिर हुनलाई भनिएको छ।
न्यायमूर्ति सिन्हाको निर्देशमा ईडीले लिप्स एण्ड बाउन्ड्सका सीईओ र अन्य निदेशकहरूको सम्पत्तिको विवरण अदालतलाई सुम्पेको थियो। यसका साथै भर्ती मामिलामा सामेल एक अभिनेताको नाम र सम्पत्तिको विवरण पनि अदालतलाई सुम्पियो। जस्टिस सिन्हाले अभिषेकको कम्पनी बाहेक एक टलीवुड अभिनेताको सम्पत्तिमाथि पनि प्रश्न चिह्न खड़ा गरिन्।
-हिस