भारतसॅंग मिलेर काम गर्नु महत्वपूर्णः चिनियॉं राजनयिक

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः चीनमा भइरहेको एशियाली खेलहरूमा अरुणाचल प्रदेशका खेलाड़ीहरूलाई प्रवेश नदिएपछि चिसिएको सम्बन्धहरूबिच चिनियॉं राजयनिकले भारतसॅंग मिलेर काम गर्न चाहेको बताएको छ। कोलकातामा महावाणिज्य दूत लियूले आइतवार एक बयानमा भने, दुवै देशको सम्बन्ध सदैव बलियो हुनुपर्छ।

उनले भारत-चीनको सम्बन्ध अहिले स्थीर रहेको र दुवै देशका नेताहरूले एक अर्कासॅंग कुराकानी गरिरहेको जानकारी गराए। उनले भने, एशियाली खेलहरू हामी सबैका लागि हुन्। हामी परिवार सरह हौं। यद्यपि, अरुणाचल प्रदेशका तीन वुसू खेलाड़ीलाई एशियाली खेलहरूमा सामेल हुन वीजा नदिएको सम्बन्धमा गरिएको प्रश्नको जवाफमा उनले यसलाई द्विपक्षीय मुद्दा रहेको बताए।

उल्लेखनीय छ, चीनको यस कदमको विरोधमा भारतका खेल मन्त्री अनुराग ठाकुरले पनि एशियाली खेलहरूमा आफ्नो भ्रमण रद्द गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement