कस्तो अचम्म! दुईवटा आधा चक्के साइकल

Half-Wheel-Bycycle

साइकलको कुरा गर्दा चक्का अत्यावश्यक हुनु स्वाभाविक होl चक्का नभएको साइकल हुँदैनl  तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुईवटा आधा चक्काले पनि एउटै पूरै चक्काले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ। युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन्। तर, उनको पछिल्लो आविष्कारले उनलाई चर्चित बनाएको छ। यो विचित्रको साइकलमा अगाडिको पूर्ण तर पछाडिको दुई वटा आधा चक्का छन् र उनीहरूले अगाडिकोले जस्तै काम गर्छन्। यो साइकलका दुई आधा चक्का सही तरिकाले प्रयोग गर्दा एउटा पूर्ण चक्काले जस्तै राम्रो काम गर्छ भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। तर, वास्तविकता यही हो। र्डिएभका अनुसार यो साइकलले अन्यले जस्तै राम्रो काम गर्छ। साइकल समतल सतहमा राम्रोसँग दौडने मात्र होइन यसले झन्झट र अवरोध ट्याकल गर्न सक्ने गोर्डिएभ बताउँछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *