श्रमिक नेता राजेन्द्र राजपूतले जीटीए चुनाव लड़ने

IMG-20220518-WA0138.jpg

खरसाङ: खरसाङ क्षेत्रको श्रमिक नेता राजेन्द्र राजपूतले आगामी दिनमा हुने जीटीए चुनाव लड्ने भएको छ।
खरसाङमा पत्रकारहरुसित कुराकानी गर्दै श्रमिक नेता राजेन्द्र राजपूत वर्तमानमा जीटीए चुनाउलाई लिएर पहाड़का विभिन्न राजनैतिक दलहरुद्वारा आ-आफ्नो राजनैतिक कार्यक्रम एवं मन्तव्यहरु व्यक्त गरिरहेको र यसावधि कतिपय दलहरु चुनाउको पक्षमा छन् भने कतिपय दलहरु यसको विरुद्धमा रहेको बताउँदै गणतन्त्रमा सबैको मतलाई सम्मान गर्नुपर्छ भनी बताएका छन्। सोही अनुरुप उनले पनि दुवै पक्षका नेतृत्वहरुको मन्तव्यलाई सम्मान गर्ने तर यहाँ स्थायी राजनैतिक समाधानको निम्ति जीटीए चुनाउको विरोध हुँदैछन् भने उक्त चुनाउको विरोध नगरेर अलग राज्य गोर्खाल्याण्ड वा स्थायी राजनैतिक समाधानको निम्ति केन्द्र सरकारलाई दवाव बनाउनु पर्ने उचित हो भनी बताएका छन्। उनले दार्जीलिङ पहाड़को स्थायी राजनैतिक समाधान भनेको नै छुट्टै राज्य गोर्खाल्याण्ड हो र छुट्टै राज्य केवल केन्द्र सरकारले दिनसक्छन्, राज्यले होइन, यसर्थ अलग राज्य गोर्खाल्याण्ड वा स्थायी राजनैतिक समाधानको निम्ति केन्द्र सरकारलाई दवाव दिने कार्यक्रमहरु अघि बढाउनुपर्छ भनी बताएका छन्।
राजपूतले केन्द्रमा रहेको भाजपा सरकारले पहाड़को स्थायी राजनैतिक समाधानमाथि धेरैपल्ट विभिन्न दावी गरे तापनि अहिलेसम्म यस विषय केही ठोस गरेका छैन् र पहाड़का नेता एसपी शर्मा लगायत अन्य कतिपय नेतृत्वहरुको पहल वा दवाबमा केन्द्रले केवल एउटै त्रिपक्षीय बैठक बोलाउनु सके तर त्यसपछि केन्द्रले केही गर्न सकेका छैनन्। यसर्थ, पहाड़ले केन्द्र सरकारलाई दवाव दिने कार्यक्रम गर्नपर्छ भनी बताएका छन्। उनले जीटीए पहाड़को विकासको निम्ति हो भन्दै जीटीए चुनाउमा उनी उनको उम्मेदवारिता दिएर एकपल्ट मात्र निर्वाचन भएर त्यती कै बिना कुनै निर्वाचित सदस्य चलिरहेको जीटीए जस्तो विकासको एजेन्सीलाई पहाड़को सर्वांगीण विकासको निम्ति निर्वाचित सदस्य हुनैपर्छ माथि जोर दिनको निम्ती उनले आफ्नो उम्मेदवारिता दिरहेको जनाएका छन्।
उनले निर्वाचित सदस्यको अभावमा जीटीए अचल भएको छ जसले गर्दा पहाड़का मानिसहरु विभिन्न समस्याहरु भोगिरहेका छन् भनी बताए। राजेन्द्र राजपुतले वर्तमानमा उनी कुनै राजनैतिक दलहरुको झण्डामुनि छैनन् अनि निर्दलीय रूपमा रहेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement