दाेस्राे शशीप्रभा स्मृति पुरस्कार २०२३ नुनकाे चिया उपन्यासलाई प्रदान गरिने घाेषणा

IMG-20230925-WA0230.jpg

मिरिक: दाेस्राे शशीप्रभा स्मृति पुरस्कार २०२३ नुनकाे चिया उपन्यासलाई प्रदान गरिने घाेषणा गरिएकाे छ। पुस्तककाे मूल लेखक विमल लामा अनि अनुवादक समिक चक्रवर्तीलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गरिने भएको छ। सालबारीमा साेमबार ज्युरीका प्रमुख साहित्यकार माेहन ठकुरीले उक्त पुरस्कारको घाेषणा गरेका छन्। पुरस्कारकाेे रूपमा नगद पचास हजार रूपियाँ प्रदान गरिने छ। उक्त पुरस्कार आगमी १ अक्टाेबरकाे दिन प्रदान गरिनेछ भने साेही दिन लेखक विजय वान्तवाकाे छैटाैं कृति उपन्यास उत्तालकाे पनि लाेकार्पण गरिनेछ।पहिलाे शशीप्रभा पुरस्कार कथाकार सन्ध्या आचार्यकाे उनको कथा संग्रह पराकम्पनलाई प्रदान गरिएकाे थियाे। स्मरण रहाेस् यसपालि शशी प्रभा स्मृति पुरस्कारको लागि पचासभन्दा अधिक पुस्तकहरू प्राप्त भएकाे थियो जसमा कविहरू निरज थापा अनि अरूणचन्द्र कुलुङले उत्कृष्ट दशवटा पुस्तक चयन गरी प्रमुख जुरीहरू माेहन ठकुरी, टीका भाइ अनि डाक्टर राजकुमारी दाहालमाझ पठाएपछि प्रमुख जुरीले नुनकाे चिया पुस्तकलाई पुरस्कार प्रदान गर्ने घाेषणा गरिएकाे हाे।

नुनको चिया उपन्यास गोर्खाल्याण्ड आन्दोलनमाथि लेखिएको किताब हो भने यस किताब बंगाली उपन्यास ‘नुन चा’को अनुवाद हो। शशीप्रभा स्मृति पुरस्कार गत वर्षदेखि विजय बान्तवा क‌ैलासीले आफ्नी दिवाङ्गत पत्नी शशीप्रभा बान्तवाकाे स्मृतिमा प्रदान गर्न शुरू गरेका हुन्। साेमबार शशीप्रभा स्मृति पुरस्कार घाेषणा कार्यक्रमकाे सञेचालन पत्रकार मुस्कान राई खेसहाङले गरेका थिए। यस अवसरमा जुरी निरज थापा, साहित्यकार डाक्टर साङ्मु लेप्चा, पुरस्कारदाता विजय बान्तवा कैलासी आदि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement