जी सारेगमपमा आफ्नो प्रतिभाले उधुम मच्चाउँदै सोनिया गजमेर   

00-1-Sonia-Gajmer-1

टीआरआई समाचार

यसपाली जीटीभीको रियालिटी शो जी सारेगमपमा पश्चिम बंगालको सलुवाकी नेपाली छोरी सोनिया गजमेरले बेजोड्को प्रस्तुतिद्वारा शुरुदेखि नै उधुम मच्चाइरहेकी छिन्l उनको गायकीबाट जजहरू रहेका देशका लोकप्रिय संगीतकार तथा गायकद्वय अनु मलिक, हिमेश रेशमिया र लोकप्रिय गायिका नीति मोहन अति नै प्रभावित भएका छन्l पश्चिम बंगालमा सलुवालाई दोस्रो दार्जीलिङ पनि भनिने गरेको छl अदीप गजमेर र सरला गजमेरका छोरी सोनिया गजमेर अहिलेघरि मुम्बईमा छिन् भने यस रियालिटी शोमा उनी शीर्ष बाह्रमा चयन भएकी छिन्l

छोटो समयमा सोनियाले आफ्नो बेजोडको गायन प्रतिभाद्वारा हजारौं प्रशंसकहरूको प्रशंसा पाउन सफल भइरहेकी छिन्l उनीसित फेसबुकबाट सम्पर्क गर्दा उनको बारेमा छोटो जानकारी प्राप्त हुनसकेको छl उनका बाबु टिस्टा भ्याली, दार्जीलिङका हुन् भने आमा घैयाबारी खरसाङकी हुन् भन्ने जानकारी उनले दिएकी छिन्l सोनियाकी बाबु सलुवामा ईस्ट्रन फ्रन्टियर राइफल्स (ईएफआर)मा कार्यरत छन्l सोनियालाई यस प्रतियोगितामा जिताउन सबैको शुभकामना साथै सहयोगको आवश्यकता छl यद्यपि भोटिङ प्रक्रियाबारे अहिले जानकारी प्राप्त भएको छैनl यसबारेमा जानकारी आएपछि द रिपब्लिक इण्डियनले आफ्नो पोर्टलमा सबैलाई जानकारी साझा गर्नेछl हरेक शनिबार र आइतबार राति नौ बजेदेखि जी सारेगमप जीटीभीद्वारा प्रसारण भइरहेको छl                                                                     

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *