एशियन गेम्सः स्वर्ण पदक जित्न सफल भारतीय महिला क्रिकेट टीम

IMG-20230925-WA0211.jpg

२५ सेप्टेम्बरः भारतीय महिला क्रिकेट टीमले १९औं एशियन गेम्समा स्वर्ण पदक जित्यो। सोमवार खेलिएको फाइनलमा भारतले श्रीलंकालाई १९ रनले पराजित गरी चीनको हांगझोऊमा जारी खेलहरूमा भारतलाई दोस्रो स्वर्ण पदक दिलायो। यसअघि आज भारतीय पुरुष शूटिंग टीमले १० मीटर एयर राइफल स्पर्धामा स्वर्ण पदक जितेको थियो।

झेजियांग यूनिभर्सिटी अव् टेक्नोलजी क्रिकेट मैदानमा भएको फाइनलमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनायो। ओपनर स्मृति मन्धनाले ४५ बलमा ४६ रन (४ वटा चौका र एउटा छक्का) अनि जेमिमा रोड्रिग्सले ४० बलमा ४२ रन (५ वटा चौका) बनाइन्। कप्तान हरमनप्रीत कौरले केवल २ रन बनाइन्। श्रीलंकाई बलरहरूमा उदेशिका प्रबोधनी, सुगन्दिका कुमारी र इनोका रणवीराले २-२ विकेट हासिल गरिन्।

जीतको निम्ति ११७ रनको लक्ष्यलाई पिछा गर्दै श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर केवल ९७ रन बनाउन सक्यो। हसिनी परेराले २५, निलाक्षी डी सिल्वाले २३ र ओशादी रणसिंघेले १९ रन बनाइन्। भारतीय बलरहरूमा तितास साधुले सर्वाधिक ३ विकेट हासिल गरिन्। यसबाहेक स्पिनर राजेश्वरी गायकवाड़ले २ विकेट हासिल गरिन्। महिला क्रिकेटमा रजत पदक श्रीलंका अनि काँस्य पदक बंग्लादेशले जित्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *