मेयर गौतम देवले पुलिस आयुक्त सी सुधाकरसँग गरे छलफल
सिलगढ़ी। सिलगढ़ी नगरनिगमले सिलगढ़ी सहरको ट्राफिक जाम समाधान गर्न सक्रिय भएको छ। सिलगढ़ीका मेयर गौतम देवले सिलगढ़ीको नयाँ पुलिस आयुक्त सी. सुधाकरको उपस्थितिमा सिलगढ़ी नगरनिगमको मुख्य कार्यालयमा बैठक गरे। उक्त बैठकमा ट्राफिक समस्या समाधानका लागि के गर्नुपर्छ भन्ने विषयमा मुख्य छलफल भएको थियो। बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै मेयर गौतम देवले पूजापछि अटो–टोटोको आवागमनका लागि योजना बनाउने बताए। अहिले नम्बर प्लेट भएका सबै टोटो मुख्य सड़कमा गुड्न सक्नेछन् तर पूजापछि सिलगढ़ी पुलिसले टोटो र अटोका लागि छुट्टाछुट्टै रुट बनाउने काम सुरु गरेको बताए। तर, लोडिङ र अनलोडिङका लागि सहरभित्र ट्रक पार्क गर्न नपाइने भन्ने विषयमा पुलिस र निगमले मिलेर काम गर्ने मेयरले बताए। मेयरले सिलगढ़ी शहरका धेरै सडकहरू चौड़ा हुने र पार्किङ स्थलहरू बनाइने पनि बताए। पूजाअघि नै पार्किङको काम सम्पन्न गर्ने निगमको लक्ष्य रहेको जनाएका छन्। यसै अवसरमा मेयरले नवनियुक्त आयुक्तलाई स्वागत पनि गरेका थिए।