राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा दार्जीलिङमा भानु जयन्ती पालन, भोलि हुने शपथ ग्रहण समारोहमा उपस्थित नहुने मुख्यमन्त्री ममता

IMG-20220713-WA0223.jpg

दार्जिलिङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा आज दार्जिलिङमा २०८औं भानु जयन्ती पालन गरिएको छ। यस अवसरमा दार्जिलिङको चौरास्तामा रहेको आदि कवि भानुभक्त आचार्यको सालिगमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आदि कवि भानुभक्त आचार्यलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। मुख्यमन्त्रीसितै राज्यको मुख्य सचिव, राज्यको अन्य मन्त्रीहरू, दार्जिलिङको जिल्लापाल, जिल्ला पुलिस अधीक्षक लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले पनि चौरास्तामा राखिएको आदि कवि भानुभक्त आचार्यको सालिगमा श्रध्दाञ्जली अर्पण गरेका छन्।

यसावधि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आदि कवि भानुभक्त आचार्यको जीवनी नेपाली भाषामा प्रस्तुत गरेका थिए। भानु जयन्ती कार्यक्रमपछि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जिलिङमा पत्रकार सम्मेलनमा आज राज्यको राज्यपाल जगदीप धङ्कर र आसामको मुख्यमन्त्री हेमन्त शर्मा विश्व पनि दार्जिलिङ पहाड़ आएको जानकारी गराउँदै हामीले यहाँ सभा गरेपनि कुनै राजनैतिक विषयमा चर्चा नभएको स्पष्टीकरण दिएकी छन्। मुख्यमन्त्री।ममता ब्यानर्जीले भोलि हुने भनेको जीटीएको चिफ् एक्जीक्युटिभको शपथ ग्रहण समारोहमा उपस्थित नहुने जानकारी गराएका छन्। उनले राष्ट्रपति चुनावको लागि पनि कुनै चर्चा नभएको कारण हामी भिन्ना भिन्नै पार्टीको रहेक बताउँदै पश्चिम बंगाल र आसामको सिमाना अलिपुरद्वार जिल्लामा रहेको कारणले एउटा राज्यको अर्को राज्यसित हुने सम्बन्ध नै कायम रहेको पनि बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement