अलिपुरद्वार। अलिपुरद्वार जङ्क्सन अन्तर्गत पश्चिम जीतपुर क्षेत्रको झाड़ीबाट सोमबार एकजना अज्ञात व्यक्तिको सड़ेगलेको शव बरामद भएको घटनाले क्षेत्रमा सनसनी मच्चिएको छ। क्षेत्रका बासिन्दाहरुले जनाए अनुसार, धेरै दिनदेखि झाड़ीबाट कुहिएको दुर्गन्ध आईरहेको थियो भने सोमबार गाउँलेहरुले सो झाड़ीमा कुहिएको शव देखेर यसको जानकारी अलिपुरद्वार थानामा दिए।

घटनास्थलमा पुलिस पुगेर उक्त सड़ेगलेको शव उद्धार गरेर पोस्टमार्टमको निम्ति लगेको बताएको छ। उक्त शवको पहिचान हुन नसकेको पुलिस औ गाउँलेहरुले जनाएका छन्।