सेमिफाइनलमा पुग्न सफल उज्जल इलेभेन

photocollage_2023925142435887.jpg

२५ सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा उज्जल इलेभेन (बीरपाड़ा)-ले सेमिफाइनलमा स्थान बनायो। रामझोड़ा फूटबल मैदानमा आइतवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा उज्जल इलेभेन-ले कारबाल्ला फ्रेण्डशीप स्पोर्टिंग क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सैयद साद्दिकले ७७औं र सौभिक मिञ्जले ७८औं मिनटमा गोल गरे। विजेता टीमका खेलाड़ी सैयद साद्दिकलाई हीरो अव् द म्याच चयन गरियो। अब २५ सेप्टेम्बरमा खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनलमा गत सीजनको च्याम्पियन दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) र बीबीएस इलेभेन (काटालगुरी)-बीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ सेप्टेम्बरमा खेलिनेछ। यसरी फाइनल १ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement